२०८१ जेष्ठ ९ गते बुधवार

युथ्स अफ तुलसीपुरको पुस्तकालय भवन शिलन्यास



दाङ, ३ बैशाख ।
दाङको तुलसीपुरमा पुस्तकालय भवनको शिलन्यास गरीएको छ । तुलसीपुर ६ इन्द्रनगरमा भवनको शिलन्यास गरीएको हो ।उक्त भवन समयमै पुरा गरि अध्यनमा ल्याउने युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषि राज लहरे (अरुण)ले जानकारी दिनुभयो । इ लाइब्रेरी को अवधारणा लाई पनि अघि बढाउने लहरेले बताउनुभयो ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिले पुस्तकालय भवनको शिलन्यास गर्नुभएको हो । सो अबसरमा तुलसीपुर खानेपानी सरसफाइ तथा उपभोक्ता समितीका कोषाअध्यक्ष भोला थापा, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि नेत्र ओलि, जिल्ला खेलकुद बिकास समितीका सदस्य सन्तोष लामिछाने, दाङ जिल्ला ह्यण्डबल संघका अध्यक्ष मोहन के.सि लगाएको उपस्थित रहेको थियो ॥

 

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार