२०८१ असोज २७ गते आइतवार

प्रावि मोतीपुरलाई कक्षा पाँचसम्मको अनुमति



दाङ, ४ बैशाख ।
तुलसीपुर ७ मोतीपुर (सालघारी)मा रहेको प्राथमिक बिद्यालयले कक्षा पाँचसम्म सञ्चालनको अनुमति पाएको छ । बिगतका बर्षमा प्रावि तह सञ्चालन गरेको विद्यालयमा विद्यार्थीको संख्यामा कमी आउदा मर्जमा गएको थियो । जसका कारण विद्यालय वालविकासमा सिमित रहेको थियो । तर पछिल्लो समय अभिभाबकले चासो देखाएपछि शैक्षिक सत्र २०८० देखि कक्षा ५ सम्म सञ्चालनको अनुमति पाएको हो । कक्षा ५ सम्म सञ्चालनको अनुमति पाएपनि यसबर्ष कक्षा २ सम्म सञ्चालन गर्ने र हरेक बर्ष कक्षा बृद्धि गर्दैजाने विद्यालयले जनाएको छ ।

कक्षा थपको अनुमति प्राप्त गरेसँगै अहिले वडाका जनप्रतिनिधी, बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक र विद्यालयका कर्मचारीले बिद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाउन घरदैलो अभियानमा सक्रिय भएर लागेका छन् ।

वडा नम्बर ७ का वडाअध्यक्ष रामबहादुर जिसीले मर्ज प्रक्रियामा गएर वालविकासमा सिमित रहेको बिद्यालयलाई पहिलेकै लयमा फर्काउनु त्यस क्षेत्रकै लागि खुसीको कुरो भएको बताउनुभयो ।

त्यस्तै विद्यालय व्यबस्थापन समितीका अध्यक्ष छोटीलाल थारुले सबैको साथ र सहयोग भएमा बिद्यार्थीलगाएत सबैलाई सहज हुने बताउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक विश्वमाया पराजुलीले सबैको साथ र सहयोगले विद्यालय पुरानै लयमा फर्किएकोले यसलाई निरन्तरता दिन आफु प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ शैक्षिकसत्रदेखि वालवालिकालाई खेल्दै सिक्दै अभ्यासका लागि खेल सामग्रीको ब्यबस्था गरेको उहाँले बताउनुभभयो ।

विद्यालयले आगामी बैशाख १५ गतेसम्म भर्ना तथा घरदैलो अभियानलाई निरन्तरता दिने भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार