२०८१ असोज १९ गते शनिवार

शिक्षकहरुका लागि एक हप्ते आई.सि.टि तालिम सुरु



वैशाख,५ दाङ ।
बिरेन्द्र नमुना माबी हेकुलीमा शिक्षकहरुका लागि एक हप्ते आई.सि.टि तालिम आज देखि सुरु भएकोछ ।
बिरेन्द्र नमुना माबी दङ्गिशरण ३ हेकुली दाङको आयोजनामा संचालित तालिमको दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अधिकरीले शिक्षकका लागि बिधालयले आफैंले आफ्नै लागि सिकौं र सिकाउ भन्ने उदेश्य राखेर तालिम संचालन गर्नु सराहनीय कार्य भएको बताउनु भएको छ ।

बिधालयले कार्यरत शिक्षकहरुमा कम्प्युटर सम्बन्धी आधारभुत पक्षमा ज्ञान आवश्यक छ भन्ने महशुस गरेर तालिम संचालन गर्नु आफैमा महत्त्वपूर्ण छ यस्तो कार्य सायद दाङ जिल्लामै पहिलो हुनुपर्छ उहाँले भन्नुभयो । साथै उहाँले आगामी हुने यस्ता तालिम तथा प्रशिक्षणमा गाउँपालिकाको पुर्ण सहयोग र सहकार्य रहने बताउनुभयो ।
तालिममा कम्प्युटर सम्बन्धि आधारभुत कुराहरू कम्प्युटर केहो, माईक्रोसप्ट वर्ड,एक्सल,पावरप्वाईन्ट,वयवसाईट र मोबाईल एपको प्रयोग लगाएतका बारेमा जानकारी दिईनेछ ।


तालिमको सहकर्तामा बिधालयका शिक्षक प्रदिप चन्द, सिताराम भण्डारी, लक्ष्मण बस्नेत, सुन्दरम ओलि,भुवन देवकोटा रहनु भएको छ । तालिममा बिधालयमा कार्यरत २८ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको बिधालयका सुचना अधिकारी प्रदिप चन्दले जानकारी दिनुभएको छ ।

तालिमको उद्घाटन समारोह बिधालयका प्रधानाध्यापक खिमराज खनालको अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकरिको प्रमुख आतिथ्यमा भएको थियो ।

दिनेश कुमार रेग्मीको स्वागत रहेको कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक द्वय लक्ष्मण बस्नेत,राजेन्द्र प्रसाद भट्टराई,मनोज केसि, सिताराम भण्डारी लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० बैशाख ५ गते मङ्गलवार