२०८१ जेष्ठ ९ गते बुधवार

दाङमा महिलाको शव गाडेको अवस्थामा भेटियो



दाङ, ७ बैशाख ।
दाङको घोराहीमा एक जना महिलाको शव गाडेको अवस्थामा भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नंम्बर १२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

शारदाका श्रीमान ४१ वर्षीया मेघराज केसी भने फरार रहेका प्रहरीले जनाएको छ । केसीको खोजी भइरहेको प्रहरीले जनाएको छ । आफन्तले जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज विरुद्ध किटानी जाहेरी दिएका छन् ।।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार