काठमान्डौ,८ वैशाख ।
माई खोला हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (बैशाख ८ गते) देखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०३ बजेसम्ममा २ लाख १८ हजार २९१ आवेदनबाट २४ करोड ९३ लाख २९ हजार रुपैयाँ बराबरको २४ लाख ९३ जार २९० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १२ लाख ६९ हजार ४११ कित्ता शेयरको १.९६ गुणा बढी हुन आउँछ ।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।