२०८१ मङ्सिर २३ गते आइतवार

राप्ती बबई क्याम्पसको अध्यक्षमा रेग्मी निर्वाचित



दाङ, १० बैशाख ।
दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पस संचालक समितिको अध्यक्षमा श्याम कुमार रेग्मी निर्वाचित हुनुभएको छ । क्याम्पसमा आज भएको निर्वाचनमा रेग्मी निकटतम प्रतिष्पर्धि निर्मल कुमार आचार्यसंग झिनो मतान्तरले अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित रेग्मीले ३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिष्पर्धी आचार्यले ३७ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा ७९ मत खसेकोमा ३ मत बदर भएको निर्वाचन अधिकृत प्रदिप धितालले जानकारी दिनुभयो ।

संचालक समितिको अध्यक्षका लागि दुई जनाको उमेदवारी परेपछि निर्वाचन भएको हो । तर अन्य पदमा एकल उमेदवारी थियो । संचालक समितिको उपाध्यक्षमा मिन कुमार वली, कोषाध्यक्षमा बिनिल केसी चयन हुनुभएको छ ।

यस्तै सदस्यमा केशबराज सापकोटा, निर्मलकुमार आचार्य, दामोदर लामिछाने र नरेशकुमार राज भण्डारी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि आज दिउँसो ३ बजेदेखि ५ बजेसम्मको मतदान भएको हो ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार