तुलसीपुर, २७ बैशाख ।
तुलसीपुर–७ मोतिपुरमा रहेको प्राथमिक विद्यालय मोतिपुरका विद्यार्थीलाई बुधबार (आज) पोषाकसहित शैक्षिक सामग्रि वितरण गरिएको छ ।
द चाइन फाउण्डेशन फर रुरल डेभलप्लमेन्ट र व्याकवार्ड सोसाइटी एजुकेशन बेसको सहयोगमा विद्यालयका ५० जना बालबालिकालाई सहयोग सामग्रि वितरण गरिएको हो ।
बालबालबालिकालाई पोषाकसहित झोला, पुस्तक लगायतका शैक्षिक सामग्रि वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विश्वमाया पराजुलीले जानकारी दिनुभयो ।
पोषाकसहित शैक्षिक सामग्रि पाएपछि अभिभावकले विद्यालय परिवार तथा सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् । गतवर्षसम्म बालविकासमा सिमित विद्यालयले चालु शैक्षिकसत्र देखि कक्षा पाँच सम्मको अनुमति प्राप्त गरेको छ ।
तर यसवर्ष कक्षा दुईसम्म कक्षा संचालन भइरहेको प्रअ पराजुलीले बताउनुभयो । आगामी वर्षमा अनुमति पाएका कक्षासम्म कक्षा थप गर्दै जाने उहाँले बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तर बढाउँदै लगेपछि पछिल्लो समय बालबालिकाको संख्या बढ्दै गएको छ ।