२०८१ माघ ९ गते बुधवार

तुलसीपुर १६ बालश्रम मुक्त वडा घोषणा



दाङ, २७ वैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ बालश्रम मुक्त वडा घोषणा भएको छ । आज बुधबार एक कार्यक्रमका बीच ‘बालश्रम र दुव्र्यवहार ः छैन हामीलाई स्विकार, बाल अधिकारः हामी सबैको सरोकार’ भन्ने नाराका साथ वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

त्यस अवसरमा तुलसीपुर उपमहाानगरपालिका प्रमुख टिकाराम खड्काले नागरिकको चाहना भौतिक विकासको बढिमात्रामा हुनुपर्ने रहेपनि मानविय विकास पनि उत्तिकै आबश्यक रहेको बताउनुभयो ।

वडा नम्बर १६ मा कुल २ हजार ६३० बालबालिका रहेका छन् । तिमध्ये बालश्रममा लाग्न बाध्य चार बालबालिकालाई परिवारमा पुर्नस्थापना गरि शैक्षिक प्रक्रियामा जोडेपछि वडालाई बालश्रममुक्त वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष शिवानन्द डाँगीले बताउनुभयो ।

वडाअध्यक्ष डिसीले आफु बालश्रम मुक्त वडा घोषणामा मात्रै सिमित नहुने र त्यसलाई निरन्तरता दिन आफु कटिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी दिनमा हुनसक्ने यस्ता कार्यका निम्ती सजग रहेको बताउनुभयो ।

वडाध्यक्ष डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपमहानगरका उपप्रमुख स्थानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी, बालविज्ञ नवराज लामिछाने, दुर्गालाल केसी लगायतले बालबालिकाको शिक्षामा अभिभावक र राज्य दुवै जिम्मेवार रहेको बताउनुभयो ।

उपमेयर स्यानी चौधरीले वडालाई बालश्रम मुक्त वडा घोषणा गरेसँगै सबै बालबालिका विद्यालय जान सकेका छन या छैनन् र उनीहरुको परिवार अवस्थाको बारेमा पनि जानकारी लिनु पर्ने बताउनुभयो । त्यस्तै एउटा कार्यक्रम गरेर मात्रै बालबालिका श्रममुक्त हुन नसक्ने बताउँदै स्थानीय सरकारले बालबालिका सहित परिवारको अवस्था पनि परिवर्तन गर्न तर्फ अग्रसर हुनु पर्ने बताउनुभयो ।

वडा सदस्य पार्वता कामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजकिरण वडा सचिव मित्रलाल विकेले गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकामा बालश्रम मुक्त वडा घोषणा हुने यो पाँचौ वडा हो । यसअघी वडा नं. १,२,६ र १८ बालश्रम मुक्त वडा घोषणा भई सकेका छन् ।

अब वडा नम्बर १७ लाई पनि बालश्रममुक्त वडा घोषणा गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार