तुलसीपुर,३१ वैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा रहेको हलवार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पन्ध्रौँ वार्षिक साधारणसभा गरेको छ ।
संस्थाका अध्यक्ष दोलख खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं वडा नम्बर ४ का अध्यक्ष तुलसी थापाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
नगर प्रमुख खड्काले सहजरुपमा खानेपानी वितरणका लागि मुहान संरक्षण अनिवार्यरुपमा रहेकोे बताउनुभएको छ । साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खड्काले पछिल्लो समयमा खानेपानीका मुहान सुक्दै गएकाले दीर्घकालिनरुपमा समस्या समाधानका लागि मुहानहरु थप्ने र संरक्षण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
खानेपानीजस्तो संवेदनशील र आधारभूत क्षेत्रलाई संघ र प्रदेश सरकारकै मातहतमा राख्दा स्थानीय सरकारले नियमनबाहेक अन्य भौतिक संरचना निर्माणको क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले मुहान संरक्षण गर्दै संस्थाको तयार भएको विस्तृत विवरण प्रतिवेदन (डिपिआर) कार्यान्वयनका लागि संघ र प्रदेश सरकारसमक्ष माग गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तुलसी थापामगर, निवर्तमान वडाध्यक्ष बालकृष्ण राणा, नेपाली कांग्रेसका वडा सभापति नन्दबहादुर पुन, नेकपा एमालेका वडा कमिटी अध्यक्ष घनबहादुर पुन, नेकपाका खिमबहादुर रोका, खानेपानी संस्थाका संस्थापक सदस्य होमबहादुर थापा,उपभोक्ता प्रकाश देवकोटा लगायतले खानेपानीको सहज व्यस्थापनका सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष दोलख खत्रीले धारा विस्तार गर्दै लगेको, प्रत्येक धारामा मिटर जडान गरिएको र सहुलितदरमा खानेपानी वितरण गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन वसन्त पौडेलले गर्नुभएको हो । समितिमार्फत निजि र सार्वजनिक गरी पाँच सय धारा वितरण गरिएको छ । संस्थाले आगामी रणनैतिक योजनामा १ हजार धारा वितर गर्ने योजना वनाएको छ । संस्थाले वनहरी,नवलपुर,माथील्लो हलवार, जितपुर, घोरानेटी, लामीदमार, छोटीदमार, तरुले, डाबर लगाएतका क्षेत्रमा खानेपानी सेवा प्रवाह गर्दे आएको छ ।
यसैविच शनिवार सम्पन्न पन्ध्रौ साधारणसभा तथ अधिवेशनबाट अध्यक्ष पदमामा ४ जना र र सचिव पदमा २ जनाको उम्मेद्वारी परेपछि सर्वसम्मतीको प्रयास सफल नभएको निर्वाचन समिती संयोजक फणेन्द्र भट्राइले जानकारी दिनुभयो ।
अध्यक्ष पदका लागी रगविर घर्ति,प्रभात थापा,बबनि देवकोटा र प्रकाश आचार्यको उमेदवारी परेको छ । अध्यक्ष पदका लागी उमेद्वारी दिनुभएका आचार्य निवर्तमान उपाध्यक्ष हुनुहुन्छ भने थापा निवर्तमान सचिव हुनुहुन्छ ।यस्तै सचिव पदका लागी चन्द व के.सी र ओमकान्त रिजालको उमेदवारी परेको छ
निर्वाचन समिती संयोजक भट्राईका अनुसार अध्यक्ष र सचिव पदमा बाहेक अन्य पदमा पदाधिकारी सर्वसम्मतीवाट चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा यमलाल पार्धे र कोषाध्यक्षमा शोभा खनाल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गोविन्दराज भण्डारी, यमप्रसाद लामीछाने, हरी बहादुर खड्का, नवराज कँडेल, टुक प्रसाद पोखरेल, चुणर् बहादुर नेपाली, माया चौधरी, मनकुमारी विक, तर्ताल देवकोटा,हरिलाल बुढाथोकी र देविराम भण्डारी चयन हुनुभएको छ ।
अध्यक्ष र सचिव पदका लागी सर्वसम्मतीको प्रयास जारी राख्ने र सहमती नजुटे निर्वाचनका लागि प्रक्रियामा जाने निर्वाचन समिती संयोजक भट्राइले जानकारी दिनुभयो ॥