दाङ, ३१ वैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस नेता एवम् पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध आज पुर्जी जारी भएको हो ।
प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध आज पक्राउ पुर्जी जारी गरेको हो । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित शेर्पाले थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेरै भेटेको प्रहरीको दाबी छ । दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा छन् । यस्तै, प्रतीक पनि यसमा संलग्न रहेका प्रमाण भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
यसअघि प्रतिकले विज्ञप्ति जारी गरेर आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रकाउ परिसकेका छन् । पूर्व गृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन् । पक्राउ पुर्जी जारी भएका एमाले सचिव समेत रहेका तत्कालिन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन् ।।