
तुलसीपुर, ३ जेठ ।
तुलसीपुर–७ मोतिपुरमा रहेको प्राथमिक विद्यालय मोतिपुरमा स्वास्थ्य तथा पोषण सम्बन्धि कार्यक्रम गरिएको छ । विद्यालयका प्रधानाध्यापक विश्वमाया पराजुलीको अध्यक्षता तथा नगर स्वास्थ्य केन्द्र पर्सेनीका सिअहेव बासुदेव चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा बालबालिकाको शारिरिक, मानसिक तथा सर्वाङीगन विकासका लागि आवश्यक पर्ने पोषणसम्बन्धि स्वास्थ्य सचेतना गरिएको छ । बालबालिकाले पोषण अभावमा शारिरिक तथा मानसिक विकासका लागि पोषणमा विषेश ख्याल गर्नुपर्ने सिअहेव चौधरीले बताउनुभयो ।।
प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार