२०८१ बैशाख ११ गते मङ्गलवार

घर नक्सा कामको शुल्कमा एकरुपता ल्याउन नगरप्रमुखको ध्यानाकर्षण



तुलसीपुर, ३ जेठ ।
घर नक्साको काम गरेवाफत लिने शुल्कमा एकरुपता ल्याउन तुलसीपुर क्षेत्रका दर्तावाला इन्जिनियरहरुले नगरप्रमुख टिकाराम खड्काको ध्यानाकर्षण गराएका छन् ।

घरनक्सा सम्बन्धित काम गरिरहेका दर्तावाला इन्जिनियरहरुले इन्जिनियररिङ कन्सलटेन्सीमा इन्जिनियरको नक्कली हस्ताक्षर गरेर घर नक्साको काममा मनपरी रकम असुलेर इन्जिनियरको बदनाम गर्न खोजेको, अमिनको असहयोग हुने गरेको, बिचौलियाको प्रयोग भएको पाईएकाले समस्या समाधानका लागि बुधबार नगरप्रमुख खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा स्टक्चर एनलाइसीस गर्न नपर्नेलाई प्रतिवर्ग फिट २५ र स्टक्चर एनलाइसीस गर्न पर्नेलाई प्रतिवर्ग फिट ४० र घर अभिलेखिकरण सम्पूर्ण कामका लागि प्रतिवर्ग फिट २० रुपैँया न्यूनतम शुल्क लिने पनि उल्लेख गरिएको इन्जिनियर बिक्रमबावु केसीले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख खड्काले दर्तावाला इन्जिनियरको मागप्रति आफु सकारात्मक रहेको तत्काल समस्या समाधानका लागि निर्देशन दिने बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार