तुलसीपुर, ८ जेठ ।
जनता समाजवादी पाटी नेपाल, तुलसीपुरले राप्ती प्रादेशिक अस्पताल प्रमुख डा. ओम अर्यालमाथि कार्बाहीको माग गरेको छ ।
डा. अर्यालले अस्पतालको डायलाइसीस मेशिन मनोमानीरुपमा अन्यत्र दिएको भन्दै जसपाले कार्बाहीको डा। अर्यालमाथी माग गरेको हो ।
जसपाका तुलसीपुर अध्यक्ष टोप बहादुर महतारा र सचिव मोहन सिं वलीले एक विज्ञप्ती जारी गरी अन्यत्र दिएका मेशिन तत्काल फिर्ताको लागि माग समेत गर्नुभएको छ ।
‘बिरामीमाथि गम्भिर खेलवाड गर्ने काम भएको छ , अस्पताल प्रमुखमाथि कार्बाहीको माग गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार