२०८२ बैशाख ८ गते सोमवार

मदन राईलाई थप ८ दिन थुनामा राख्न अनुमति



काठमान्डौ-
शुभद्रा मदन फाउन्डेसनु मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक वेनुकुमार कार्कीका अनुसार शुक्रबार जिल्ला अदालतले थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।

वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो।प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याथ थप्न माग गरेको थियो।

सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार