![](https://etulsipur.com/wp-content/uploads/2023/05/Ma.vi-saudiyar.jpg)
दाङमा एक जना शिक्षकले विद्यालयमा उपस्थिती नभएको दिनमा हाजिर गरेको पाइएको छ । घोराही ७ सौडियार स्थित माबि सौडियारमा बाल विकास केन्द्रमा पढाउने एक जना शिक्षकले जेठ महिनामा उपस्थिती हुँदै नभएको ३ दिन हाजिर गरेको फेला परेको हो ।
विद्यालय ब्यवस्थापन समितिको नियमित अनुगमनको क्रममा उपस्थिती नै नभएको दिनमा पनि हाजिरी गरेको भेटिएको हो । विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरीले बाल विकास केन्द्रमा पढाउदै आएका शिक्षक पार्बती कवरले जेठ १०, ११ र १२ गतेको हाजिरी गरेको भेटिएको बताउनुभयो ।
विद्यालयमा पढाउने शिक्षकले आफै नै लापरबाही तरिकाले हाजिरी गरेर लज्जास्पद काम गरेको उहाको भनाइ छ । विद्यालय ब्यवस्थापन समिति सदस्य चौधरीले शिक्षक कवरलाई पहिलो पटक सचेत गराइने र आगामी दिनमा यस्ता गल्ती दोहोर्याएमा स्पष्टिकरण सोधेर कारबाही गरिने बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयमा बेथितिहरुरु थुप्रै रहेको भन्दै समुदायले सचेत गराउनु पर्ने बताउनुभयो । हाजिरी बारे के(कस्तो हो भन्ने कुरा बुझ्न विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिइएको र आगामी बैठकमा स्वयम् शिक्षकलाई उपस्थित गराएर मौखिक स्पष्टिकरण सोधिने सदस्य चौधरीले बताउनुभयो ।