२०८१ असोज १८ गते शुक्रवार

बजेट भाषणमा दाङ : काम गर्ने प्रतिबद्धता तर रकम उल्लेख छैन



दाङ, १६ जेठ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा दाङको टरिगाउँ विमानस्थल स्तरोन्ती गर्नेदेखि लमही-भालुवाङ सडकको स्तरोन्ती गर्ने समेटेको छ । तर रकम उल्लेख गरेको छैन् ।

यस्तै दाङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने, थारू समुदायको ऐतिहासिक स्थल दंगीशरण क्षेत्रको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गरिने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार गर्न भौतिक पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।

यस्तै दाङ जिल्लाको देउखुरी उपत्यकामा प्रगन्ना तथा थकापथ सिचाई आयोजनाको मूल नहर विस्तार कार्यलाई निरन्तरता दिइने, राप्ती राजमार्गको सडकको तिब्र विकासका लागि ९० करोड बजेट बिनियोजन गरेको अर्थमन्त्री महतले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार