२०८१ साउन ५ गते आइतवार

पर्सेनीमा स्थानीयको सक्रियतामा खाल्डो ढलान



दाङ, १८ जेठ ।
तुलसीपुरमा स्थानीयको सक्रियतामा बाटो मर्मत गरिएको छ । तुलसीपुर घोराही सडकखण्डको तुलसीपुर ७ पर्सेनीमा स्थानियको सक्रियतामा बाटोमा रहेका खाल्डोमा ढलान गरिएको हो ।

सो सडक खण्डको पर्सेनीमा रहेको खाडलका कारण दुर्घटनाको जोखिम बढि भएपछि ढलान गरिएको हो । वडा नम्बर ७ का वडा सदस्य मानबहादुर रानाको आर्थिक सहयोग तथा पर्सेनीका स्थानिय लाल जी हलवाईको सक्रियतामा बाटो मर्मत गरिएको हो ।

हलवाईका अनुसार हरेक चुनावमा राजनितीक दलको मुख्य एजेण्डा बन्नेगरेको चारलेन बाटो निर्माण गर्न सघिय सरकारको प्राथमिकतामा नपरेपछि आफुले सहयोग संकलन गरेरै भएपनि अग्रसर हुनुभएको हो । उहाँको सक्रियतामा पर्सेनीमा सडकमा रहेका खाल्डा ढलान गरिएको हो ।

वडा सदस्य रानाले संघिय सरकारले चासो नदेखाएको र स्थानीयको सक्रियताले प्रभावित भएको उहाँले बताउनुभयो । स्थानियले सडक मर्मत गर्न अग्रसरता देखाएकाले आफुले सवारी दुर्घटनाबाट हुनसक्ने मानविय क्षति थोरै भएपनि कम हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । आफ्नो सानो सहयोगले सवारी दुर्घटना न्यनिकरण थोरै भएपनि कम हुने आशा रहेको वडा सदस्य रानाले बताउनुभयो ।

स्थानिय हलवाईको सक्रियता, वडा सदस्य रानाको आर्थिक सहयोग, सडक बिभागका कर्मचारीको समन्वयमा बाटोमा ढलान गरिएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार