२०८० फाल्गुन १७ गते बिहिवार

लुम्बिनी प्रदेश सरकारले जेठ २५ मा नीति तथा कार्यक्रम ल्याउने



दाङ, १८ जेठ ।
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम २५ जेठमा आउने भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार आगामी आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम २५ जेठ बिहीबार ल्याउन लागिएको हो।

दिउँसो १ बजे प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम पेस हुनेछ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम पेस गर्नेछन्। साथै प्रदेशमा बजेटको तयारी पनि तीव्र रूपमा अघि बढेको छ ।

अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार बजेट निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ । केही दिनअघि बजेटका प्राथमिकतामाथि छलफल भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार