२०८१ फाल्गुन ६ गते मङ्गलवार

वातावरण दिवस : लिटिल हेभन स्कुलका विद्यार्थीले गरे शितलपुर घाट सरसफाइ



तुलसीपुर, २२ जेठ ।
विश्व वातावरण दिवसका अवसरमा आज (सोमवार) तुलसीपुर उपमहानगरपालिका वडा नं १२ मा रहेको रहेको शितलपुर घाटमा सरसफाइ गरिएको छ । लिटिल हेभन ईङग्लिस मिडियम माध्यामिक विद्यालय तुलसीपुर दाङको आयोजनामा घाट सरसफाइ गरीएको हो ।

विद्यायलयका प्रधानाध्यापक कमल सापकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १२ का वडा अध्यक्ष खुशिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सरसफाइ कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले वातावरण सरसफाइ मानव जिवनको महत्वपुर्ण कार्य रहेको बताउनुभएको छ ।

तुलसीपुर नगर भित्र महत्वपुर्ण क्षेत्रका रूपमा रहेको शितलपुर घाटमा विद्यार्थीले सरसफाइ गर्नु स्रहानिय कार्र्य भएको बताउनुभयो ।

यो क्षेत्र विशेष महत्व बोकेको रहेकाले शितलपुर घाटलाई व्यवस्थित गर्न वडा सरकारले काम गरीरहेको बताउनुभयो । अहिले घाट क्षेत्र व्यवस्थीत नहुँदा फोहोर व्यवस्थापन गर्न कठिनाई रहेको उहाँले बताउनुभयो ।

व्यवस्थापनका लागि वडाले काम गरीरहेको छ । किरयापुत्रि भवन निर्माण भएको छ, तर बजेट अपुग भएका कारण अझै ब्यवस्थित गर्न बाँकी रहेको अध्यक्ष चौधरीले बताउनुभयो ।

पाठ्यक्रममा भएको वातावरण सम्बन्धि विषय कक्षागत रूपमा गरिने अध्ययनले मात्र नपुग्ने भन्दै व्यवहारिक रूपमा विद्यार्थी लाई वातावरणीय सरसफाइमा नियमित रूपमा जोड्नुपर्ने धारणा राख्नुभयो ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ लिटिल हेभन ईङग्लिस मिडियम माध्यामिक विद्यालयको आयोजनामा बबई नदिमा रहेको शितलपुर घाटमा रहेका पलाष्टीकजन्य फोहोरको सरसफाई गरी दिवस मनाएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल सापकोटाले घर वरिपरिको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनु पर्ने बताउनुभयो ।

वातावरण जोगाउने हामी सवैको दायीत्व रहेको भन्दै पलाष्टिकजन्य प्रदुषण निर्मुल पारी वातावरणमैत्री विकल्पको उपयोगलाई व्यवहारीक रुपमा प्रयोग गर्नुपर्ने वताउनुभयो ।

वातावरणीय सरसफाई बालबालीकालाई पाठ्यक्रममा रहेको विषयले मात्र पर्याप्त नहुने भन्दै व्यवहारीक प्रयोगका लागि आज सरसफाई कार्यक्रमको आयोजना गरीएको प्रअ सापकोटाले बताउनुभयो ।

सामाजिक उत्तरदायित्व वहन अन्र्तगत विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थी तथा शिक्षकरुको सहभागितामा सरसफाई कार्यक्रम गरीएको हो । कार्यक्रममा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, विद्यालयका छात्रा संयोजक अनुष्का नेपाली लगाएतले मन्तव्य राख्नुभएको हो ।

कार्यक्रमको सहजिकरण शिक्षक जगदिश थापाले गर्नुभएको थियो । राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिएको छ

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार