२०८१ माघ १२ गते शनिवार

संयुक्त एम्बुलेन्स चालक संघले बुझायो दाङका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र



दाङ,२४ जेठ ।
संयुक्त एम्बुलेन्स चालक संघ दाङले आज(बुधबार)जिल्ला प्रशासन कार्यालय दाङ मार्फत एम्बुलेन्स सेवा सम्बन्धि निर्देशिका सच्याउनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी शुशिल बैद्य मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ज्ञापनपत्र वुझाइएको संघका अध्यक्ष सुबास रिजालले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ साल भदौ २२ मा जारी गरेको निर्देशिका अनुसार अस्पतालले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउन ब्यवस्था छ । यस्तै अस्पताल बाहेक अन्य संस्थाहरुले एम्बुलेन्स सञ्चालनका लागी अस्पतालको सम्झौताका आधारमा नबिकरणको लागी सिफारीस गर्ने ब्यवस्था छ । यही ब्यबस्थाको निर्णयको बिरोधमा ज्ञापन पत्र बुझाइएको अध्यक्ष रिजालले बताउनुभयो ।

निर्देशिका एम्बुलेन्स चालक तथा सञ्चालक बिरोधि भएको हुदाँ सच्याउन माग गरीएको छ । अहिलेका मापदण्ड अनुसार एमबुलेन्स सञ्चालन गर्दा नेपालभरका करिब ३ हजार वढि एम्वुलेन्सले सेवा दिन नसकिने अवस्था छ ।

संयुक्त एम्बुलेन्स चालक संघ दाङ का अध्यक्ष सुबास रिजालको नेतृत्वमा केन्दि«य सचिबालय सदस्य तुल्सी वि.क,लुम्बिनि प्रदेश सदस्य यमलाल जैसी सहित पुगेको टोलीले ज्ञापनपत्र बुभाएको हो ।

ज्ञापनपत्रमा सम्पुर्ण एम्बुलेन्स चालकहरुलाई राष्ट्र सेवक कर्मचारी सरह सेवा सुबिभा प्रदान गरी एम्बुलेन्स सेवा निशुल्क गरीनुपर्ने,राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका २०७८ लाई संसोधन गरी टे«ड युनियन संघ लाई सहभागी गराउनुपर्ने रहेको छ ।

यस्तै एम्बुलेन्स प्राधिकरणको निर्माण गरि टे«ड युनियन संघ लाई समेत सहभागी गराउनुपर्ने, टे«ड युनियन संघ मानविय सेवा गर्न तयार रहेकाले सहकार्यको वातावरण तयार गर्नुपर्ने तथा संस्थाले एम्बुलेन्स सेवामा गरेको लगानीको सुरक्षा सरकारले गर्नुपर्ने माग राखेको छ ।

आफ्ना मागहरु सम्बोधन नगरी जवरजस्ती गर्न खोजिए उत्पन्न हुने समस्याको सरकारले जिम्मेवारी लिनुपर्ने उल्लेख गरीएको छ ।

ज्ञापनपत्र बुझ्दै दाङका प्रमुख जिल्ला अधिकारी शुशिल बैद्यले मागप्रति आफु सकारात्मक रहेको बताउनुभएको छ । संयुक्त एम्बुलेन्स चालक संघ दाङले उठाएका बिषय सम्बन्धित मन्त्रालयमा पठाई समस्या समाधानका लागी पहल गरीने बताउनुभएको हो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार