
तुलसीपुर,२५ जेठ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी शैक्षिक संंस्थालाई पाँच दिन बिदा दिने निर्णय गरेको छ ।
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले जेठ २६ देखि जेठ ३० गते सम्म पाँच दिन बिदा दिने निर्णय गरेको तुलसीपुर नगर शिक्षा समिति संयोजक मान बहादुर रावतले बताउनुभयो ।
नगर शिक्षा समितिको निर्णय अनुसार उपमहानगरपालिकाको क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयहरुमा गर्मी बिदा दिइएको शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले बताउनुभयो ।
मौसमविदका अनुसार अझै केहि दिन सम्म तापक्रम वृद्धि रहने अनुमान रहेकाले वार्षिक बिदावाट मिलान गर्ने गरी तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु सबैमा बिदा दिने निर्णय भएको शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।