२०८१ बैशाख ५ गते बुधवार

दाङमा बाघको छाला र हड्डीसहित दुईजना पक्राउ



दाङ, २७ जेठ ।
दाङमा बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले लमही नगरपालिका-९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगरलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार