२०८१ असोज २७ गते आइतवार

शिक्षा मन्त्रालय सागर थियो विज्ञान तथा प्रविधि थपिएपछि महासागर भयो : मन्त्री राई



 

 

दाङ, ३१ जेठ ।
दाङको तुलसीपुरमा जनता समाजबादी पार्टी नेपालले शिक्षा मन्त्री अशोक कुमार राई संग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा मन्त्री राइले शिक्षा मन्त्री भएको थोरै समय भएकोले शिक्षा विज्ञहरु संग छलफल गरीरहेको बताउनुभयो । आफू मन्त्री भएर आएको ढाई महिना मात्रै भएकोले अहिले शिक्षाविदहरु संग शिक्षाको विषयमा छलफल गरीरहेको बताउनुभयो ।

‘शिक्षा मन्त्रालय पहिले सागर थियो त्यसैमा विज्ञान तथा प्रविधि थपिएपछि महासागर भएको मन्त्री राइको भनाई छ ।’ त्यही सागरमा डुबेर आफुले काम गरीरहेको उहाँले बताउनुभयो ।

मन्त्री राई आफू जनताको शासक नभएर सेबक भएर आएकोले जनताको सेव गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले शिक्षा ऐनको कुरामा ७ वर्ष सम्म नआएको शिक्षा ऐनमा आफू मन्त्री भएर आएसंगै कानुनविदहरु संग छलफल गरीरहेको बताउनुभयो ।

माद्यामिक विद्यालय अश्वाराका प्रधानाध्यापक हिरालाल न्योपानेले संघिय शिक्षा ऐन नआउँदा शिक्षकहरु मर्कामा परेको बताउनुभयो । मन्त्री राई संग उहाँले शिक्षा ऐन ल्याउन माग गर्नुभयो । त्यसैगरी विद्यालयको प्रधानाध्यापकहरुको लागि छुट्टै दरबन्दी हुनुपर्ने, आधारभूत विद्यालयमा पनी लेखापालको व्यबस्था गर्न, सामुदायीक विद्यालयको भौतिक संरचना जिणर् भएकोले यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजबादी पार्टी नेपाल दाङका अध्यक्ष जगतराम यादबको अध्यक्षता तथा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री अशोक कुमार राइको प्रमुख आतिथ्यता तथा जनता समाज बादी पार्टीका सदस्य नवीन कुमार सुनुवारकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

जनता समाजबादी पार्टी दाङका उपाध्यक्ष मोहनसिङ ओलीको स्वागत मन्तब्यबाट सुरु भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण जनता समाजबादी पार्टी तुलसीपुर नगर समितिका अध्यक्ष टोप बहादुर महतराले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार