२०८१ असोज १९ गते शनिवार

कौडीको भाउमा जग्गा बेचेका छैनौँ : नगरप्रमुख खड्का



तुलसीपुर, ३२ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नगरले यसअघि नै बिक्रि भएको जग्गाको अहिले हक हस्तान्तरण गरेको बताउनुभएको छ ।

नगरले बसपार्कमा रहेको जग्गा कौडीको भाउमा बिक्रि गरेको भन्ने समाचार आएपछि नगरले आज गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख खड्काले जग्गा बिक्रि सत्यता भएपनि यो निर्णय यसअघिकै निर्णय भएको बताउनुभयो ।

उहाँले तत्कालिन नगरपालिका भएकै समयमा पातुखोलामा बसपार्क सार्ने क्रममा तत्कालिन नगरप्रमुख शंकर आचार्यले बिक्रि गरेको जग्गाको अहिले स्वामित्व हस्तान्तरण गर्ने काम भएको बताउनुभयो ।

बाहिर प्रचारमा आएजस्तो कौडीको भाउमा बेचिएको भन्ने हल्ला भ्रामक रहेको उहाँले बताउनुभयो । उहाँले अरुभन्दा दोब्बर दस्तुर लिएर जग्गा पास गरेको बताउनुभयो ।

पातुखोलाको जग्गा २०५३ सालमा नै नगरको नाममा जग्गा आएपछि बिक्रि भइसकेको नगर प्रवक्ता माधव वलीले बताउनुभयो । त्यति बेला बसपार्कमा वस्ती बसाउने नाममा चिठ्ठा प्रणालीको आधारमा वितरण गरिएको र जग्गाको अहिले नगरले प्रतिवर्गमिटर २० हजार शुल्क लिएर हक हस्तान्तरण गरेको बताउनुभयो ।

नगरलाई ५ बिगाह १० कट्ठा जग्गा बिक्रि वितरण गर्ने अधिकार भएको भन्दै प्रवक्ता वलीले नगरलाई आवश्यक नभएको ठाउँका जग्गा बिक्रि गर्ने अधिकार रहेको बताउनुभयो । तर नगरलाई आवश्यक भएको ठाउँमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने पनि उहाँको दावि छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार