
तुलसिपुर,१ असार।
वातावरणीय सरसफाइ मा सवै नागरिकलाई ध्यान दिन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले आग्रह गर्नुभएको छ।
सरसफाईका लागि स्थानिय सरकार घरघरमै पुगेर सरसफाई गर्न सञ्चालन गरिने अभियानमुखि कार्यक्रमले मात्र सम्भव नहुने भएकाले सम्पूर्ण नगरवासिलाई स्वच्छ र सफा नगर निर्माणका लागि उहाँले यस्तो बताउनुभयको हो ।
स्थानिय सरकाले वातावरणीय सरसफाईका लागि चेतना जगाउने कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको बताउनुभयो।सरसरफाईका लागि नगरमा फोहोरमैला ब्यवस्थापन शाखाले काम गरिरहेको बताउदै नगरभित्र जथाभावी फोहोर गरेको पाईएमा तत्काल कार्वाही गर्न सम्वन्धित शाखाका कर्मचारीलाई निर्देशन समेत दिनभयो।
५० औं बिश्व वातावरण दिवस का अवसरमा आज९शुक्रबार ०तुलसिपुरमा वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा विरेन्द्र चोक हुँदै तुलसीपुर उपमहानगरपालिकाको कार्यालय परिसर सम्म सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो।
सरसफाइ कार्यक्रम पश्चात् आयोजना गरिएको कार्यक्रममा समग्र तुलसिपुर उपमहानगरपालिकाको फोहोरमैलाको हालको अवस्था र व्यवस्थापनमा भैरहेको प्रयासका बारेमा फोहोरमैला ब्यवस्थापन शाखा प्रमुख माधव पौडेलले जानकारि गराउनुभएको थियो।
भु तथा जलाधार ब्यवस्थापन कार्यालय तुलसीपुरका प्रमुख शेषदत्त चौधरीले जनताको सहभागीता बिना कुनैपनि कार्यक्रम सफल नहुने बताउनुभयो।
फोहोर अनावश्यक चिज भएकाले चाहेमा हामीले सजिलै आफनो घरको फोहोर आफै समाधान गर्न सकिने बताउनुभयो।
सरसफाइ अभियन्ता बिमल रिजालले नगरलाई स्वच्छ र सफा नगरका लागि फोहोरमैला ब्यवस्थापन केन्द्र ब्यवस्थित रूपमा सञ्चालन गर्न अनुरोध गर्नुभयो।
वातावरण निरिक्षक निर्मल चौधरीले तिव्र शहरीकरण र आप्रवाशन,फोहोरमैलाको योजनाबिहिन औधोगिककरण र चेतना लगाएतका कारण समस्या भएको बताउनुभयो।
वातावरण संरक्षणका लागि प्राकृतिक स्रोत र उर्जाको संरक्षण ,फोहोर नष्ट गर्दा हुने वायु प्रदुषण र जलवायु प्रदुषण रोक्नुपर्ने बताउनुभयो।
कार्यक्रममा तुलसिपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे,तुलसिपुर चेम्वर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्ती लगाएतले नगरमा वातावरणीय सरसफाईका लागि स्थानिय सरकारसँग साझेदारी गर्न तयार रहेको बताउनुभयो। कार्यक्रमको सहजिकरण सुचना अधिकृत बाबुराम न्यौपानेले गर्नुभएको थियो।