२०८१ असोज २१ गते सोमवार

गर्मि बढेपछि तुलसीपुरका विद्यालय बन्द



तुलसीपुर,३ असार।
दाङको तुलसीपुर उपमहानगरपालिकाले अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी शैक्षिक संंस्थालाई तिन दिन बिदा दिने निर्णय गरेको छ ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै तुलसिपुर उपमहानगरपालिका शिक्षा शतखाले असार ४-६ गते सम्म तीन दिन बिदा दिने निर्णय भएकाे शिक्षा शाखा प्रमुख चक्र बहादुर भण्डारीले बताउनुभयाे ।

मौसमविदका अनुसार अझै केहि दिन सम्म तापक्रम वृद्धि रहने अनुमान रहेकाले वार्षिक बिदावाट मिलान गर्ने गरी तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयममा गर्मि बिदा दिने निर्णय भएको छ ।

साथै दादुरा रूवेला बिरूद्धकाे खाेप सञ्चालन हुन बाँकी बिद्यालयहरूमा निर्धारित मितिमा खाेप सञ्चलनका गर्नका लागि सम्बन्धित बिद्यालयरूलाई अनुराेध गरेकाे विज्ञप्तिमा उल्लेख छ।अत्यधिक गर्मिका कारण यसअघि जेठ २६-३० गते सम्म पाँच दिन बिद्यालय बन्द रहेका थिय ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार