
दाङ, ३ असार ।
दाङमा बोक्सीको आरोप लगाउने दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर २ निमुरियाका ४५ वर्षीय यम बहादुर सार्की र घोराही ३ गैरीगाउँ संगम टोलका ३३ वर्षीय सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपि राजन कुमार गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको भन्दै यम बहादुरलाई बोलाएर झाँक्री बसालेको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लायौ भनेपछि प्रहरुीमो उजुरी परेको हो । उजुरीपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्र्तगत धामी झाँक्रीको माध्यमबाट बोक्सीको आरोप लगाउन नहुने कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।