तुलसीपुर,३ असार ।
तुलसीपुरमा दादुरा रूबेला खोप अभियानको चौथो दिन आज (आइतवार) १० हजार ४ सय ३६ जनालाई खोप सेवा प्रदान गरिएको छ।
चौथो दिनसम्म तुलसीपुर उपमहानगरपालिका भित्रका ६ महिनादेखि १५ वर्ष सम्मका ३६ हजार ७ सय ८ जनालाई दादुरा रुबेला महामारी जन्य रोग विरुद्धको खोप प्रदान गरिएको तुलसीपुर उपमहानगरपालीका जनस्वास्थ्य निरिक्षक बिमल के.सिले जानकारी दिनुभयो ।
यसैविच तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खोप केन्द्रको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा दादुरा भएका बालबालिकाको निरिक्षण तथा अभियानमा सबै बालबालिकालाई नछुटाई खोप लगाउन र बाँकी रहेका विद्यालयमा अनुकूलता हेरी खोप कार्यक्रम सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ।
असार ४ गते खोप सञ्चालन हुने स्थानहरू
वार्ड नं १ पवननगर स्वास्थय चौकी
वार्ड नं २ तकियापुरनगर स्वास्थय केन्द्र
वार्ड नं।३ आ। वि हर्नेटी ,रकल्ले राम्री
वार्ड नं ४ बायाखोलारखुमखानी
वार्ड नं ५ ज्ञानज्योति आ वि सुन्दर नगर
वार्ड नं ६ संस्कार पाठसालारआइडियलरसेन्टर माबि
वार्ड नं ७ हाम्रो पहुंच बिहान ,दिव्यकुन्ज र प्रावि डाँडापातु
वार्ड नं ८ न्यू रतनशिला वोर्डिङ
वार्ड नं ९ जीवन प्रेमी वोर्डिङ
वार्ड नं १० नमूना वोर्डिङ
वार्ड नं ११ दंगिशरण विध्याकुन्ज
वार्ड नं १२ दीप ज्योति वोर्डिङ
वार्ड नं १३ फूलबारी स्वास्थय चौकी
वार्ड नं १४ डवाङपुर नगर केन्द्र
वार्ड नं १५ आबि कोठरी
वार्ड नं १६ लक्ष्मीपुर नगर स्वास्थय केन्द्र
वार्ड नं १७ फोर्टीनाइन् बोर्डिङ
वार्ड नं १८ हिमालय र न्यू लक्ष्मी बोर्डिङ
वार्ड नं १९ विजौरी स्वास्थय चौकी