२०८१ चैत्र १२ गते मङ्गलवार

दुई केजी सुनसहित दाङबाट एक जना पक्राउ



दाङ, १० असार । दाङमा दुई केजी सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गएराति एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ रुपैयाँ बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका(१० का २१ वर्षीय हुमानन्द गिरीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । जाँचका क्रममा गिरीले चलाएको बा१२च ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको उहाँको भनाइ छ ।

‘सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छ । कारमा फल्स बटम बनाइ सुन ल्याइएको पाइएको छ’, थापाले भन्नुभयो ‘आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएका छौँ, थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २०८० असार १० गते आइतवार