२०८१ असोज २१ गते सोमवार

तुलसीपुर उपमहानगरको बजेट १ अर्ब ७९ करोड



तुलसीपुर,१० असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार बराबरको बजेट ल्याएको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वषका लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि करिब ७ करोड बजेट कम ल्याएको उपमहानगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको छ ।

नगरप्रवक्ता माधव वलीले नगरसभामा प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्ष चालुतर्फ ४७ करोड ७ लाख १८ हजार ४ सय ९१ अर्थात कुल बजेट खर्चको २६.२३ प्रतिशत र पुँजीगतर्फ १ अरव ३० करोड ८८ लाख ५१ हजार २ सय ५९ कुल बजेट खर्चको ७२.९३ प्रतिशत बिनियोजन गरिएको छ ।

उपहानगरपालिकाले कृषिमा पकेट विकास कार्यक्रमहरुदेखि संघ र प्रदेशसंग समन्वय गरि वडा नं ४, ११, १८ र १९ मा स्थानीय रैथाने धानको पकेट क्षेत्र निर्धारण गरि उत्पादनमा जोड दिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा “श्रमको सम्मान,समृद्धिको अभियान“ अन्तर्गत मेयरसँगै श्रमदान अभियान सञ्चालन गरी मझौला खालको विकासलाई बढाउने बजेटमा समेटेको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार