२०८१ साउन ८ गते बुधवार

६२ अङ्कले बढेर शेयर बजार तीन महिनायताकै उच्च विन्दुमा



दाङ,१० असार ।
हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ६२ दशमलव २१ अङ्कले बढेर दुई हजार एक सय १७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज नेप्से गएको फागुन १० गतेयताकै उच्च विन्दुमा पुगेको हो । फागुन १० गते नेप्से २१ सय २१ विन्दुमा थियो । आज सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार