सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ का लागि ४४ करोड बढीको बजेट ल्याएको छ । चालुवर्षभन्दा केहि कम बजेट ल्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ३६ लाख २० हजार ९ सय बराबरको बजेट ल्याएको हो ।
गाउँपालिकाको १३ र्औं गाउँसभामा उपाध्यक्ष प्रकाश भण्डारीले आर्थिक बर्ष २०८०र०८१ का लागि ४४ करोड ३६ लाख २० हजार ९ सय बराबरको बार्षिक बजेट प्रस्तुत गर्नु भएको छ ।उपाध्यक्ष भण्डारीले चालुतर्फ २८ करोड २४ लाख २९ हजार ९ सय र पुँजिगततर्फ १६ करोड ११ लाख ९१ हजार रुपैया बिनियोजन गरेको जानकारी दिनुभयो ।
भौतिक विकास पूर्वाधार विकासतर्फ १० करोड १८ लाख २५ हजार , सामाजिक विकासतर्फ २१ करोड ७८ लाख ५ हजार, आर्थिक विकासतर्फ २ करोड ३१ लख ६५ हजार, विपद व्यवस्थापनतर्फ ४५ लाख ५ हजार, सुशासन तथा संस्थागत विकासतर्फ १ करोड २१ लाख र कार्यालय संचालन तथा व्यवस्थापनतर्फ ८ करोड ४२ लाख २० हजार ९ सय बजे बिनियोजन गरिएको छ ।
पालिकाले आगामी आर्थिक वर्षमा खरको छाना मुक्त घर बनाउने अभियान अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथामिकता दिएको छ । गाउँपालिकाको १३ औं गाउँसभामा प्रस्तुत गरिएको बजेटमा सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथामिकता राखेर खरको छानोमुक्त पालिकाको लागि ४१ लाख बजेट बिनियोजन गरिएको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।
गाउँपालिकाले कृर्षिको समर्थन मूल्यकोषमा २५ लाख, योगदानमा आधारित कृषक उपदानमा २५ लाख, वडा नम्बर ३ को वडा कार्यालय भवन निर्माणका लागि बजेट बिनियोजन गरिएको छ ।
यस्तै गाउँपालिकामा रहेको तीन वटा वर्थिङ सेन्टरको सेवा सुधार गर्ने, वडातर्फ वडा नम्बर १, २, ३ र ४ लाई साना योजनाका लागि ४५÷४५ लाखको दरले बजेट बिनियोजन गरिएको छ ।
यस्तै वडा नम्बर ५ लाई ६५ लाख र ६ लाई ५५ लाख बजेट बिनियोजन गरिएको छ । यस्तै शाखागत रुपमा स्वास्थ्यलाई ६० लाख, शिक्षामा ५० लाख, कृषिमा ७८ लाख, पशुपंक्षिमा ३० लाख, प्रशासन तथा योजना शाखामा २२ लाख, न्यायिक ईकाईमा १० लाख, सामाजिक विकास शाखामा ६२ लाख ५० हजार, युवा तथा खेलकुदमा ३२ लाख, पालिकास्तरिय योजनाका लागि १ करोड ६० लाख, विपद व्यवस्थापनमा १५ लाख र साझेदारी कोषमा २० लाख बजेट बिनियोजन गरिएको छ ।
कपुकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले सम्बृद्ध गाउँपालिका र सुखी कपुरकोटबासी बनाउने प्रमुख उदेश्य सहित एकिकृत कृषि बिकास कार्यक्रम मार्फत बिभिन्न कार्यक्रम सञ्चालन गरिने, अध्यारो मुक्त कपुरकोट बनाउने अभियान अन्तर्गत पूर्ण बिधुतिकरण, एक घर एक धारा, पूर्ण सरसफाई उन्मुख गाउँपालिका लगायतका कार्यक्रमहरु १३ औं गाउँसभामा प्रस्तुत गर्नुभयो ।
मानब संसाधन बिकास गरी महिला तथा लक्षित बर्गको क्षमता बिकासका लागि उपाध्यक्षसंग दिदि बहिनी, बालश्रम तथा छुवाछुत लगायत अन्धविश्वास मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम, लागु औषध दुब्र्यसनी, बालबिबाह मुक्त गाउपालिकाको लागि जागरण कपुरकोट कार्यक्रमहरु बार्षिक निति तथा कार्यक्रमको प्राथामितामा परेका छन् ।
गाउपालिकाको १३ औं गाउँसभाबाट बिभिन्न बिधेयकहरु पारित भएका छन् । गाउँसभामा प्रस्तुत गरिएको बजेटलाई असार १८ गते बस्ने गाउँपालिकाको बैठकले पारित गर्ने कार्यसुचि रहेको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।