२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुरको ‘स्मार्ट छोरी’ कार्यक्रम स्थागित भएको छैन : नगर प्रबक्ता वली



दाङ, १८ असार ।
तुलसीपुर उपमहानगरपालिकाले स्मार्ट छोरी कार्यक्रम स्थगीत नगरेको नगर प्रबक्ता माधव वलीले बताउनुभएको छ ।

कार्यपालिका बैठकमा कुनैपनि निणर्य नगरेर सूचना प्रकाशन भएको उहाँले बताउनुभएको छ । नीति तथा बजेट कार्यक्रममा समावेश भइसकेको कार्यक्रमलाई कसैले पनि आदेश गर्न नमिल्ने भन्दै यस विषयमा कार्यपालिकाको बैठकमा छलफल हुने र कार्बाही हुने उहाँको भनाई छ । प्रवक्ता वलीले कुनै पनि व्यक्ति विशेषले चाहँदैमा स्मार्ट छोरी कार्यक्रम नरोकिने बताउनुभयो ।

नगर प्रवक्ता माधव वलीले तुलसीपुरको आगामी आर्थीक वर्ष २०८०/०८१ को बजेट कार्यक्रममा ‘तुलसीपुरको अभियान, छोरीलाई विशेष सुरक्षा र सम्मान’ “स्मार्ट छोरी विहेवारी विस वर्ष पारी” कार्यक्रमको लागि आबश्यक वजेट विनियोजन गरीएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखाले हिजो (आइतबार) ‘स्मार्ट छोरी, बिहाबारी २० बर्ष पारि’ कार्यक्रम विविध कारणले आर्थिक वर्ष २०८०/०८१ का लागि स्थगन भएको सूचना जारी गरेको थियो । कार्यक्रम स्थगनको सूचना नगरका १९ वटा वडाहरूमा पनि पठाइसकिएको छ ।

शाखा प्रमुख माया श्रेष्ठका अनुसार  प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीको टिप्पणीमा मेयर टीकाराम खड्काको निर्देशनका कारण शाखाले सूचना जारी गरेको हो ।

२०७७ साल साउन १ गते देखि लागु भएको कार्यक्रममा हाल सम्म एक हजार बढी छोरीहरु समावेश भएका छन् । तर पालिकामा रकम अभावले चालु वर्षमा खाता खोलेका छोरीहरुको खातामा रकम जम्मा हुन सकेको छैन् । प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले आन्तरीक स्रोतको रकम संकलन नभएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताउनुभएको थियो ।।

प्रकाशित मिति : २०८० असार १८ गते सोमवार