२०८१ जेष्ठ १६ गते बुधवार

राप्ती गाँउपालिकामा अक्षर सुधार कार्यशाला सम्पन्न



दाङ,१९ असार
राप्ती गाँउपालिकाको आयोजनामा सञ्चालीत सतप्रतिशत अक्षर सुधार कार्यशाला सोमबार सम्पन्न भएको छ।
गाँउपालीका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतीथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली को बिशिष्ठ आतीथ्यतामा समापन कार्यक्रम भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले सुन्दर र नियमबद्द अक्षर हरु नै बिद्यार्थीको पहिलो गहना भएको बताउनुभएको छ । लेखन सिपलाइ संरक्षण गर्दै थप बिकास गर्दै अगाडी बढ्न तालीमको आयोजना गरीएको उहाँले बताउनुभयो ।

असार १० गतेदेखि १७ गतेसम्म संचालन भएको कार्यक्रममा बिद्यार्थी र शिक्षक सहित करिब एक हजार जनाको सहभागीता रहेको तालीमको प्रशिक्षकमा हिमालबावु डाँगी रहनुभएको थियो ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार