दाङ, २९ असार ।
लायन्स क्लव अफ तुलसीपुर इशानले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी क्लवले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
क्लवले विगत तीन वर्षदेखि सामाजीक कामहरु गदै आएको छ । लायन्स क्लव इन्टरनेशनल ३२५ एन रिजन चेयरपर्सन लायन बुद्धप्रकाश सिंहले सामाजीक कामलाई क्ववले निरन्तरता दिदै आएको बताउनुभयो ।
ऋषीराज भण्डारीको अध्यक्षता तथा लायन्स क्लव इन्टरनेशनल ३२५ एन रिजन चेयरपर्सन क्लवका संस्थापक बुद्धप्रकाश सिंहको प्रमुख आतिथ्यता तथा प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष अतिराम विष्टको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
लायन्स क्लव अफ तुलसीपुर इशान, लियो क्लव अफ तुलसीपुर इशानको आयोजना तथा नागरिक केयर अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा निःशुल्क सुगर तथा ब्लड प्रेसर चेकजाँज गरीएको हो । शिविरमा ७३ जनाले स्वास्थ्य जाँच गराएको लायन बिक्रम बाबु केसीले जानकारी दिनुभयो ॥