
घोराही,१५ साउन ।
घोराही ७ सौडियार स्थित मा.बी सौडियारले बिद्यार्थीको कक्षा उन्नती गर्ने पद्धतिलाई सुधार गरेर लैजाने निर्णय गरेको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले सिकाई स्तर कमजोर रहेका बिद्यार्थीलाई तल्लो कक्षाबाट माथिल्लो कक्षामा उन्नती गर्ने पद्धतिले सिकाईमा समस्या उत्पन्न गरेको निष्कर्ष निकाल्दै यो पद्धतिलाई थप सुधार गरेर लैजाने निर्णय गरेको हो ।
तल्लो कक्षामा जानेका कुराहरु कक्षा बढ्दै जादा ती कुराहरु सबै नजान्ने भएकाले सिकाईस्तर अत्यन्तै कमजोर रहेका बिद्यार्थीलाई ध्यान दिदै पठन पाठन सुधार गर्ने ब्यबस्थापन समितिले निर्णय गरेको छ ।
त्यस्तै बैठकले न्युन बिद्यार्थी हुँदा पनि सिकाई स्तर सुधार गर्न नसकिएको भन्दै शिक्षण सिकाई हुने कमजोरि पहिचान गरि समाधान गर्दै जाने निर्णय गरेको बिब्यस सदस्य जिउधन चौधरीले बताउनुभयो । ।
यसैबिच आज बिद्यालयले अग्रेजि मिडियममा अध्ययन गर्ने बिद्यार्थीहरुको प्रथम त्रैमासीक परिक्षाको नतिजा सार्बजनिक गरेको छ ।
बिब्यस अध्यक्ष निशानदाजु भट्टराई र बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले नतिजा सार्बजनिक गर्नुभएको हो ।
अग्रेजी मिडियमा पढ्ने बिद्यार्थीको प्रथम त्रैमासीक परिक्षाको नतिजा सामान्य सुधारन्मुख अबस्थामा रहेको भन्दै थप सुधारका लागि सामुहिक पहलको जरुरत रहेको बिद्यालयले निष्कर्ष निकालेको छ ।
बिद्यालयले चालु शैक्षिक शत्रदेखिनै प्ले ग्रुप हुँदै कक्षा ५ सम्म अंग्रेजि मिडियमको पढाई सन्चालन गर्दै आएको छ ।
आउने शैक्षिक शत्रमा अन्य तहमा पनि अग्रेजि माध्यमबाट पठन पाठन सन्चालन गर्ने बिद्यालयले तयारी पनि गरेको छ ।