२०८१ बैशाख ११ गते मङ्गलवार

तुलसीपुर–९ मा विभिन्न व्यक्ति सम्मानित



तुलसीपुर, १९ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ ले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । वडाले आज(शुक्रबार) एक कार्यक्रमको आयोजना गरी विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको हो ।

कोरोना महामारीका बेला सहयोग गर्ने विभिन्न व्यक्क्ती तथा संस्थाहरुलाई सम्मान गरेको हो ।कोरोना महामारीका बेला विभिन्न ठाउँबाट सहयोग गरेको भन्दै १ सय १५ व्यक्ति तथा संस्थालाई सहयोग गरेको हो । वडाले सामाजिक अभियान्तादेखि जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार लगायतलाई प्रमाणपत्रले सम्मान गरीएको वडा नं ९ का अध्यक्ष घनश्याम ढकालले बताउनुभयो।

वडा अध्यक्ष घनश्याम ढकालको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले कोरोना महामारीको बेला ज्यानकै बाजी राखेर सहयोग गर्नेप्रति अभार प्रकट गर्नुभयो ।

त्यस अवसरमा विभिन्न व्यक्तिले आ–आफ्नो धारणा राखेका हुन् । कार्यक्रमको सहजीकरण वडा सचिव यम नारायण सापकोटाले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार