२०८० फाल्गुन १३ गते आइतवार

गढवाका विद्यालय एकसाताका लागि बन्द



दाङ, २१ साउन ।
दाङको गढवा गाउँपालिकाका संस्थागत विद्यालय एक साताका लागि बन्द हुने भएका छन् ।

गाउँपालिकाले आईतबार एक सुचना जारी गर्दै पालिका तथा समुदायस्तरका बालबालिकामा आँखा चिलाउने, रातो हुने तथा आँखा पाक्ने समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

त्यस्तै विद्यार्थीमा हुनसक्ने थप जोखिमलाई मध्यनजर गर्दै आउदो २८ गतेसम्मका लागि पालिका भरका संस्थागत विद्यालय बन्द गर्न आग्रह गरिएको छ ।

पालिकाका शिक्षा अधिकृत श्यामबहादुर बिक र प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्तो आग्रह गरिएको छ ।

पालिकाभित्रका सामुदायिक विद्यालयमा आउदो २८ गतेसम्म बर्षेबिदा दिईएकाले बिज्ञप्तीमा संस्थागत विद्यालय मात्र उल्लेख गरिएको प्रशासकिय अधिकृत चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार