तुलसीपुर,२६ दाङ ।
एनएमबि बैंक र राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर दाङ बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता संगै अव एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले राप्ती लाईफ केयर हस्पिटलबाट प्रदान गरीने सवै सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौता अनुसार ल्याव इन्भेस्टीकेसन, फुलबोडी चेकअप, माइनर प्रोसिडर, ड्रेसिङ्ग, अप्रेसन चार्ज, एक्सरे, भिडियो एक्सरे, सिटिस्कान, बेड चार्ज, इसिजि, इको, इन्डोसकपि, क्लोनकपि, फिजियोथेरापी सेवाहरुमा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १० प्रतिशत छुट पाउने बैंकका तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी जानकारी दिनुभयो । बैङ्कका ग्राहकलाइ उपचारको क्रममा सहुलिएत प्रदान गर्ने उद्देश्यले छुट सम्बन्धी सम्झौता गरिएको उहाँले बताउनुभयो ।
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र राप्ती लाईफ केयर हस्पिटलका अध्यक्ष हरिप्रसादद रिजाल ले हस्ताक्षर गर्नुभएको हो । यस्तै एनएमबि बैंक तुलसीपुर शाखा प्रबन्धक रमेश रेग्मी र राप्ती लाईफ केयर हस्पिटलका निर्देशक जिबन भन्डारीले सो सम्झौता आदानप्रदान गर्नुभएको थियो ।
सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरुले सुबिधा लिइ लाभान्वित हुने तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मी ले बताउनु भयो । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, क्यु आर कोड लगायतका डिजिटल माध्यम प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।