२०८१ माघ १० गते बिहिवार

अपाङ्गता भएका नागरिकका लागि अधिकार संगै पुर्नस्थापना जरुरी छ : पाण्डे



दाङ, २६ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पान्डेले अपाङ्गता भएका नागरिकका लागि अधिकार संगै पुर्नस्थापना महत्वपुणर् रहेको बताउनु भएको छ । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको १५ औँ बार्षिक साधारण सभामा प्रमुख अतिथिको समेत रहेका पाण्डेले यस्तो बताउनुभएको हो ।

सबै नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने अधिकार राज्यले दिएको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । केही न केही समस्या सबैमा हुने भएकाले फरक क्षमता लाई बिशेष रुपमा राज्यले हेर्नु पर्ने बताउनुभयो । आफु नगर प्रमुख रहदा अपाङ्गता भएका व्यक्तीलाई निशुल्क फिजियोथेरापि सेवा सुरूवात गरेको स्मरण गर्दे सो कार्यलाई दिर्घकालीन बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरको वार्षिक साधारण सभाका अवसरमा अपांग पुनस्र्थापना केन्द्र बनेपा काठमान्डौँ सहयोगमा तुलसीपुर उपमहानगरपालीका, घोराही उपमहानगरपालीका र रोल्पाको गंगादेव गाँउपालीकाका २१ जना अपाङ्गता भएका व्यक्तीलाई क्यालिफोर ९कृतिम हात खुट्टा० प्रदान गरीएको छ । यस्तै कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई सम्मानपत्रले सम्मानीत गरीएको छ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डि.सी, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, राप्ती बहिरा संघका निर्देशक प्रतिमा शर्मा, राष्ट्रिय अपाङ्गसंघ लुम्बिनी प्रदेश उपाध्यक्ष देबा डाँगी, मानव अधिकारसरोकार मञ्च घोराहीका सदस्य देबका खनाल, संस्थापक अध्यक्ष हुमकान्त कँडेल, टिकाराम कंडेल लगायतकाले अपाङ्ग भएका व्यक्तिका लागि सबैले सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामप्रसाद चौधरी र बार्षिक प्रगती प्रतिवेदन महासचिव खेन्टु गिरीले प्रस्तुत गर्नुभएको हो । अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष इश्वरी प्रसाद खडाकाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका निवर्तमान नगर प्रमुख घनश्याम पान्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार