२०८१ असार ४ गते मङ्गलवार

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट



काठमान्डौँ,२९ साउन ।
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर बाँडफाँट भएको छ । आज साउन २९ गते (सोमबार) साँझ ५ बजे, काजीको किचेन बत्तीसपुतलीमा शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ८३ हजार ५९६ जना योग्य आवेदकबाट १ करोड ४१ लख १७ हजार ८५० कित्ता शेयरको लागि आवेदन परेको थियो । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ ।

त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ९५ हजार ३२७ जनालाई १० कित्ताका दरले १९ लाख ५३ हजार २७० कित्ता शेयर वितरण गरीएको छ ।

त्यस पश्चात बाँकी रहेको ९ कित्ता शेयर भने सोही मध्येबाटै २० देखि २५ हजार कित्तासम्म आवेदन दिएकाहरुलाई थप १ कित्ताका दरले वितरण गरिएको छ । त्यस अनुसार भाग्यमानी ९ जना आवेदकले ११ कित्ताका दरले शेयर पाएका छन् ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार