२०८१ माघ १२ गते शनिवार

अस्पतालको सेवालाई थप विस्तार गर्छौं : शर्मा



दाङ, ३१ साउन ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित प्रमुख डा. हेमराज शर्माले विशेषज्ञ सेवा सहित निम्न आय भएका नागरिकहरुका लागि पहुँच हुने गरी अस्पतालको सेवालाई विस्तार गर्ने बताउनु भएको छ ।

लायन्स क्लव अफ तुलसीपुर ईशानको आयोजना राप्ति प्रादेशिक अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रममा बोल्दै डा. शर्माले अस्पतालबाट दिने सेवा थप विशिष्टीकृत गर्दै लैजाने बताउनु भएको हो ।

अस्पातलमा दिने सेवामा कुनै कन्जुस्याइँ हुने छैन उहाँले भन्नुभयो । लायन्स क्लव अफ ईशानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्ष्यतामा भएको कार्यक्रममा ईशानका सल्लाहकार तथा सामाजिक अभियन्ता विमल रिजालले अस्पताल बाट दिने निशुल्क औषधि हरु बिरामीहरूले स्वतःस्फूर्त रूपमा पाउनु पर्ने बताउनुभयो ।

अभाव र आवश्यकता भएको ठाउँहरूमा सामाजिक संघ संस्थाहरुको योगदान महत्वपूणर् छ । निम्न आय भएका र नयाँ जीवन पाउन अस्पताल आउने बिरामीहरूको लागि ईशान ले गरेको सहयोगले बिरामी हरु खुसी हुने रिजालको भनाई छ ।

लायन्स क्लव अफ ईशान का सचिव दीपक केसीको जीवन सँगिनी को जन्म दिनको अवसर पारी ईशानले अस्पतालमा भर्ना भएका ७० जना बिरामीलाई फलफूल वितरण गरेको थियो ।

जन्मदिन मा हुने फजुल खर्च कटाएर जन्मदिनमा बिरामीलाई फलफूल वितरण गरिएकोले सचिव केसीले बताउनुभयो । सो अवसरमा ईशानका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह निवर्तमान अध्यक्ष प्रेम प्रकाश गिरी लगायत का को उपस्थिति रहेको थियो ।

संस्थाका उपाध्यक्ष सुनिल खनाल को स्वगत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजीकरण सचिव दीपक केसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार