काठमान्डौँ,३१ साउन ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट्स क्यापिटलको कार्यालय आज बुधबार साँझ ५ः३० बजे शेयर बाँडफाँट भएको हो ।
कम्पनीको आइपीओमा कुल १३ लाख ६४ हजार ३५३ जनाको आवेदन परेको छ । त्यसमध्ये ७ हजार ५१७ जनाको आवेदन रद्ध भएको छ । त्यस अनुसार कम्पनीको आईपीओमा १३ लाख ५६ हजार ८३६ जनाको मात्रै योग्य आवेदन परेको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार