२०८१ जेष्ठ ९ गते बुधवार

वृक्षारोपन पुर्व वडा कार्यालय परिसर सरसफाई



दाङ, २ भदौ ।
तुलसीपुरको १० नम्बर वडा कार्यालय परिसर सरसफाइ गरिएको छ । तुलसीपुर १० गौरीगाउँमा रहेको वडा कार्यालय परिसरमा सरसफाइ गरिएको हो ।

कार्यालय परिसरमा वृक्षारोपन गर्ने उद्देश्यले वृक्षारोपन पुर्व सरसफाइ गरिएको वडा अध्यक्ष यमराज केसीले बताउनुभयो ।

उहाँका अनुसार वडा परिसरमा बिभिन्न किसिमका वोटविरुवा लगाउने उद्दश्य रहेको छ । उहाँले अब छिट्टै बिभिन्न प्रजातीका विरुवा रोपिने बताउनुभयो ।

त्यस्तै उहाँले वडा परिसरमात्र नभएर समग्र सबैक्षेत्रमा सरसफाइ उत्तिकै महत्वपुणर् रहेको बताउनुभयो । उहाँले प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको सरसफाइको विषयमा सबै पक्ष उत्तिकै जिम्मेवार र गम्भिर बन्नुपर्ने बताउनुभयो ।

उहाँले अन्य स्थानजस्तै वडा परिसरमा सरसफाइ गर्दै आएको बताउनुभयो । त्यस अवसरमा वडा अध्यक्ष केसी सँगै वडा सदस्य, स्थानियलगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार