स्थानीय सरकारले विद्यार्थी नभएका विद्यालयलाई मर्जको प्रक्रीयामा लैजानै नितिमा विद्यार्थी संङ्ख्या शुन्य भएपछि बन्द हुने स्थितिमा पुगेको प्रावि मोतिपुरलाई पुर्नजीवन दिनु त्यति सहज थिएन । विद्यार्थीको संख्या कम भएपछि प्राविबाट बालविकासमा झरेको विद्यालयलाई पुनः प्राविमा लैजान प्रधानाध्यापक विश्वमाया पराजुलीको निकै महत्वपूणर् भूमिका छ ।पराजुलीले जिम्मेवारी सम्हालेको तुलसीपुर–७ मोतिपुरको विद्यालयमा पहिलो शैक्षिक सत्र २०७६ मा बालविकासमा १५ जना विद्यार्थी भर्ना भए । कक्षा पाँचसम्मको सञ्चालनको तयारीमा रहेको यो विद्यालयले यसवर्ष कक्षा २ सम्मको अनुमति पाएको छ । चालु शैक्षिक सत्रमा विद्यालयमा ५० जना विद्यार्थी भर्ना भएका छन् ।
पाँच कक्षासम्म सञ्चालन भएको विद्यालय विद्यार्थी नभएर बन्द हुने अवस्थामा पुगेको बेला उहाँलाई निकै पिडावोध भयो । यस्तो अवस्थामा स्थानीयको ठुलो साथ र सहयोग रह्यो विद्यालय स्थानान्तरण हुनबाट जोगीयो ।
प्रअ पराजुलीका लागि यो नै खुशीको कुरा थियो । यही विद्यालयमा उहाँले पढाउन थालेको २३ वर्ष भयो । प्राविसम्म चलेको विद्यालय फेरी बालविकासबाट सञ्चालन हुने भयो तर विद्यार्थीलाई फर्काउन कम्ती समस्या थिएन ।
उहाँ आएपछि शुरुको वर्ष १५ जना, दोस्रो वर्षमा २५ जना विद्यार्थी थपिदै गए । विस्तारै विद्यालयप्रति अभिभावकको विश्वास वढ्दै गयो ।
तेस्रो वर्षमा उहाँले विद्यार्थी संङ्ख्या बढाउन एउटा योजना बनाउनुभयो । विद्यार्थीलाई निशुल्क यातायातको सुविधा । तर विद्यालयको आन्तरिक श्रोत थिएन । तैपनि उहाँले हिम्मत हार्नुभएन ।
राज्यले दिएको सेवासुविधाबाट आर्जेकोे रकमलाई विद्यालयमै प्रयोग गरेर विद्यार्थी संङ्ख्या बढाउने जुक्ती फुर्यो ।
एकजना अटो चालकसंग समन्वय गरी मासीक १० हजार व्यक्तीगत रुपमा भुक्तानी गर्ने गरी करिब ३ वर्षसम्म विद्यार्थीका लागि निशुल्क अटो सञ्चालन गर्नुभयो । अटो दैनिक बिहान मदननगर, हात्तीखौवा तथा राजापुरका विद्यार्थीलाई लिन र साँझ घरघरमा छोड्न जान्थ्यो । यसबाट अभिभावक पनि खुशी थिए ।
पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको थियो । गएको साउन २१ देखी सो अटो सेवा बन्द भएको छ । अब आफु प्रमुख जिम्मेवारीबाट बाहिरिएपछी कसरी व्यवस्थापन गर्ने भन्ने विषय नवनियुक्क्त प्रअको जिम्मेवारी रहेको पराजुली बताउनुहुन्छ । विद्यालयमा अहिले प्रअको जिम्मेवारीमा हिमसरा पुन आउनुभएको छ ।
तर नवनियुक्त प्रअ पुनले भने यातायात सुविधाको बारेमा त्यसरी व्यक्तिगत लगानी गर्न नसकिने बताउनुभएको छ । अब यो सुविधा उहाँले व्यक्तीगत रुपमा व्यवस्थापन गर्नुभएको विषय रहेको भन्दै कसरी अगाडी बढ्ने आगामी बैठकबाट निश्कर्ष निकाल्ने सोचमा रहेको उहाँले बताउनुभयो ।
विद्यालयको भौतिक संरचनालाई तारवार गरेर घेरिएको छ । स्थानीय सरकारले बजेट दिने आश्वासन दिएपछि सो काम भएको थियो । बजेट आश्वासनमा मात्र सिमित भएपछि पराजुलीले ६५ हजार रुपैया व्यक्तीगत रुपमा खर्च गरेर तारवार गर्नुभएको थियो । तर यसमा सरकारप्रति उहाँको कुनै गुनासो पनि छैन् । ‘विद्यालय जोगीएकोमा म खुशी छु, कम्तिमा पनि बाबुनानीले घरको आँगनमै पढ्न पाएका छन् ।’-उहाँले भन्नुभयो ।
प्रअको पद हस्तान्तरण
तुलसीपुर-७ मोतीपुरमा रहेको प्रावि मोतीपुरमा प्रधानाध्यापकको जिम्मेवारी हिमसरा पुनलाई हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारुको अध्यक्षता तथा वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा पद हस्तान्तरण तथा स्वागत कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष जिसिले गुणस्तरीय शिक्षाका सवालमा कुनै कुराको कमि हुन नदिन शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले विद्यालयलाई जस्तोसुकै सहयोग गर्न वडा सरकार तयार रहेको बताउनुभयो ।
बिगतभन्दा पछिल्लो समय विद्यालयले गति लिएको भन्दै आगामी दिनमा थप सुधार गरी कार्य सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारुले नवनियुक्त प्रअ पुनलाई स्वागत गदैै प्रावि मोतिपुरलाई नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । विद्यालयमा आउने विभिन्न आरोह-अवरोहमा व्यवस्थापन समिति संगै रहने भन्दै हरेक कुरा कार्यान्वयन गर्दा सहमती र सहकार्यबाट गर्नुपर्ने उहाँले बताउनुभयो ।
निवर्तमान प्रधानाध्यापक विश्वमाया पराजुलीले नबनियुक्त प्रअ पुनलाई स्वागतसहित पत्र प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
प्रावि मोतीपुरले ५ कक्षासम्म सञ्चालन गर्नेगरी शिक्षकको दरवन्दी समेत यसअघि नै माग गरेको थियो । नवनियुक्त प्रअ पुन तुलसीपुर-४ मुलकोटमा रहेको प्रावि मुलकोटबाट सरुवा भएर आउनुभएको हो ।
विद्यार्थी संङ्ख्या कम भएका विद्यालयबाट दरबन्दी कटौति गर्ने निति अनुसार शिक्षक पुनलाई प्रावि मुलकोटबाट प्रावि मोतिपुरमा प्रअको जिम्मेवारीमा आउनुभएको हो ।
जिम्मेवारी सम्हाल्दै नवनियुक्त प्रअ पुनले विद्यालयको शैक्षिक उन्नयनका लागि सबैको साथ र सहयोगको खाँचो रहने बताउनुभयो । बालबालिकाको शिक्षामा कुनैपनि खेलवाड नगरि गुणस्तरीय शिक्षा प्रदान गर्न तत्पर रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको सहजिकरण विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण कुमार आचार्यले गर्नुभएको हो ।