२०८१ चैत्र १२ गते मङ्गलवार

एमसीसी विरुद्ध तुलसीपुरमा बिरोध



दाङ, ८ भदौ ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले बिरोध जनाएको छ । आज दाङको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी विरोध जनाएको हो ।

कार्यक्रममा नेपालका केन्द्रीय सचिवालय सदस्य समिरले एमसीसी कार्यान्वयनका चरणमा रहेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्नुभयो । उहाँले एमसीसी खारेजीको माग समेत गर्नुभएको छ ।

यस्तै अखिल (क्रान्तिकारी) का ५ नम्बर प्रदेश संयोजक नवीन खडकाले संसदबाट एमसीसी परियोजना पास गरेर काङ्ग्रेस, एमाले, माओवादी केन्द्रले ठुलो राष्ट्रघात गरेको बताउनुभयो । यसको विरुद्धमा सङ्घर्षका कार्यक्रम राख्नुपर्नेमा जोड दिनुभयो

तुलसीपुरमा नाराजुलुस सहित भएको कार्यक्रम कोणसभामा परिणत भएको हो । कार्यक्रमको सहजीकरण तुलसीपुर नगर इञ्चार्ज मनोजले गर्नु भएको हो ।

प्रकाशित मिति : २०८० भाद्र ८ गते शुक्रवार