![](https://etulsipur.com/wp-content/uploads/2023/08/558983430right.jpeg)
दाङ, ८ भदौ ।
एनएमबि बैंक तुलसीपुर शाखाले बित्तीय साक्षरता कार्यक्रम गरेको छ । तुलसीपुर स्थित राईट पथ करिअरमा अध्यनरत विद्यार्थीहरुलाइ बित्तीय साक्षरता प्रदान गरेको हो ।
कार्यक्रममा युवा उद्यमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका बैकल्पिक अवसरहरु तथा बैंकको महत्तव, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बंैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरुको बारेमा सिकाइएको छ ।
यसैगरी एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाताबारे जानकारी, शेयर कारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुविधाको बारे अभिमुखिकरण गरिएको हो ।
बिषेश गरि शैक्षिक कर्जा र बिदेश अध्यन गर्न जादा आई पर्ने प्राविधिक समस्या र समाधानको विषयमा पनि छलफल भएको छ । कार्यक्रममा राईट पथको तर्फबाट प्रदिप शर्माले आफ्ना भनाईहरु राख्नु भएको हो ।
बित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्यमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका छन् । बैंकका शाखा प्रबन्धक रमेश रेग्मी र कर्मचारी सागर न्यौपानेले वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गर्नु भएको हो ।