२०८१ बैशाख ११ गते मङ्गलवार

चोरी मुद्धामा फरार प्रतिवादी दुई जना पक्राउ



दाङ, १० भदौ ।
दाङमा चोरी मुद्धामा फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले घोेराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीका ३१ वर्षिय बुद्धीराम चौधरी र ३३ वर्षिय निम बहादुर चौधरीलाई पक्राउ गरेको हो ।

दुवै जनालाई घोराही-१५ अदालत अघि हिडिरहेको अवस्थामा आइतबार (आज) पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उनीहरु दुवै जनालाई चोरी मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७९ साल भदौ १२ गते जनही ३र३ महिना कैद सजाय र ३र३ हजार नगद जरिवाना फैसला गरेको छ । पक्राउ परेका दुवै जनालाई अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार