२०८० फाल्गुन १७ गते बिहिवार

मेट्रो कलेजले विपन्न विद्यार्थीलाई निशुल्क पढाउने



दाङ, १७ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा विपन्न विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराइने भएको छ ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले सञ्चालन गरेको कलेजमा प्रिडिप्लोमा तहमा आइटी र मेकानिकल इन्जिनियरिङ्ग निशुल्क अध्यापन गराइने कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो । कलेज प्रमुख आचार्यले कार्यक्रममा अध्ययनका लागि भर्ना फाराम खुल्ला भएको पनि जानकारी दिनुभयो ।

उहाँले २ वर्षे कार्यक्रमका लागि ५० जना विद्यार्थीहरुलाई अध्यापन गराइने र उनीहरुलाई २ वर्षसम्म मासिक ३ हजारका साथै पोशाक र बिमा सुविधा समेत दिइने जानकारी दिनुभयो ।

कलेजले यो भन्दा अगाडी पनि ७० जना विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा अध्यापन गराइरहेको उहाँले बताउनुभयो । औद्योगिक प्रशिक्षार्थी अन्तर्गतको कार्यक्रममा ३ महिना अध्ययन गरेपछि उद्योगमै सिकाइ गर्नुपर्ने प्रावधान रहेको छ ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि विभिन्न परियोजनासँग मिलेर कार्यक्रमहरु सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार