२०८१ चैत्र १२ गते मङ्गलवार

तुलसीपुर कारागारमा हिल ट्याङ्की सहयोग



दाङ, २५ भदौ ।
कारागार कार्यालय तुलसीपुरमा हिल ट्याङ्की सहयोग गरिएको छ । समाजसेवी टोपबहादुर महताराको पहलमा नेपाल बन्दी सेवा संघले दुई हजार लिटरको हिल ट्याङ्की उपलब्ध गराएको कारागारका प्रमुख जेरलर चिन्तामणी रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी नेपाली कांग्रस तुलसीपुरका नगर सभापति सुरेश हमालको पहलमा शान्तिनगर गाउँपालिकाले एक हजार लिटरको हिल ट्याङ्की कारागारमा रहेका कैदि बन्दीहरुको लागि उपलब्ध गराइएको छ ।

पानी ट्याङ्की उपलब्ध भएसंगै कैदिबन्दीलाई सहज हुने कारागार प्रशासनले जनाएको छ । सहयोग गर्ने दाताहरुलाई कारागार कार्यालयले धन्यबाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार